July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको मावि मर्यादपुरको भवन उदघाटनका लागि गरियो अनुगमन

राम प्रबेश बैठा रौतहट,असार १६ गते
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा श्री सरस्वती माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ । सो भवनको उदघाटनको लागि आज अनुगमन गरिएको छ । नगरप्रमुख रिना कुमारी साह,उपप्रमुख नागेन्द्र राय यादव र प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह सहितको टोली अनुगमन तथा निरिक्षण गर्न बिधालयमा पुगेको थियो ।
साहु कन्ट्रक्सन मौलापुर द्धारा दुइ तले र कमल कन्ट्रक्सन पतौरा द्धारा एक तले भवन सो बिधालयमा निर्माण गरिएको हो ।
मौलापुर नगरपालिका सहित करोडौंको लागतमा मर्यादपुरमा सरस्वती माविको ८ कोठे दुई तले भवन निर्माण भएको छ । बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले २ करोड ५३ लाख रुपैयाको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
साहु कन्ट्रक्सन मौलापुरले विद्यालयको भौतिक संरचना निर्माण गर्ने ठेक्का पाएको थियो । झण्डै डेर वर्षपछि सो भवन निर्माण गरिएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताएका छन् ।
त्यस्तै सोही बिधालयमा कमल कन्ट्रक्सनले १ करोड १३ लाखमा एक तले चार कोठे भवन निर्माण गर्न समझौता भएको साहले बताए । पूर्व मन्त्री प्रभु साहको विशेष पहलमा तथा राष्ट्रिय योजना आयोग बाट सम्पूरक एवम् विशेष अनुदान र मौलापुर नगरपालिको ५० प्रतिशत लगानीमा सो भवनहरु निर्माण भएको उनले बताए । यसको पुरै कार्यान्वयन मौलापुर नगरपालिकाले गरिरहेको साहले जानकारी दिए ।
गाउँमा माध्यमिक विद्यालय नभएको कारण बालबालिकालाई कक्षा १० सम्मको अध्ययन अध्यापन गर्न अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो ।
माविको अध्ययन पुरा गर्न अन्य गाउँको विद्यालय जानुपर्ने बाध्यातालाई अन्त्य गर्दै मौलापुर नगरपालिकाले मर्यादपुरमा कक्षा १० सम्म अध्ययन अध्यापन गर्न माध्यमिक विद्यालयको भवन निर्माण गरेको नगर प्रमुख रिना देवी साहले बताइन ।
निर्माण भएको विद्यालयको भवन अबको केही दिनमै उद्घाटन भई विधिवत रुपमा सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत साहले बताउनु भयो ।
मर्यादपुरमा मावि स्तरको पढाईको शुरुवात भएपछि त्यस भेगका घुसुकपुर, शितलपुर, बैरगनिया, टेङग्राहा लगाएत गाउँका बालबालिकालाई कक्षा १० सम्म अध्ययन अध्यापन गर्न सहज हुने भएको छ ।
विद्यालयको भौतिक संरचना निर्माण भएपछि अब आफनै गाउँ ठाउँमा माविको पढाई गर्न सक्ने भन्दै मर्यादपुर सहित त्यस भेगका बालबालिकाहरु निकै हर्षित समेत भएका छन् ।
सो अनुगमनको क्रममा वडा अध्यक्ष जयनाथ प्रसाद कुशवाहा,रामसिंह यादव,मौलापुर नपाकी रोजगार संयोजक सुमन, स्थानिय भद्रभलादमी,पत्रकारहरुको उपस्तिथी रहेको थियो ।
भवन अनुगमनको लगतै सोही वडामा रहेको प्राथमिक विधालयको पनि अनुगमन गरिएको थियो ।