July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

फतुवाविजयपुर २ का वडाध्यक्ष अनिरूद्व यादवले शिलान्यास गरेसँगै सडक ढलान कार्य सुरू

राैतहट,०३ गते असार २०७९
रौतहटको फतुवा विजयपुर नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष अनिरूद्व प्रसाद यादवले वडाकाे विकास निर्माणको काम तिव्र गतिमा अगाडि बढाएका छन ।
वडा अध्यक्ष यादवले सडक ढलान कार्य द्रुत गतिमा अगाडि बढाएका हुन् ।
सधैं वडामा विकास भएको हेर्न चाहने र वडालाई विकास कार्यमा अग्रपंतीमा ल्याउने सोच राखेका फतुवाविजयपुर २ का वडाध्यक्ष यादवले शुक्रवार मात्र लाखौको लागतमा निर्माण हुने एक सडक ढलान कार्यको शिलान्यास गरेका छन् ।
फतुवा विजयपुर वडा नं.२ सितलपुर टोलको ट्रान्सफर्मर देखी मेवा जाने बाटोमा २७ लाखको लागतमा २१० मिटर सडक ढलानको सिलान्यास वडा अध्यक्ष यादवले गरेका हुन ।
वडा अध्यक्ष यादवले शिलान्यास गरेसँगै सडक ढलान कार्य पनि शुरु भइसकेको छ । पदभार ग्रहण गरेपछि नव निर्वाचित वडाध्यक्ष यादवले जनताको आवश्यक्ता, चाहना, इच्छा र आकांक्षा अनुसारको नै विकास निर्माणको काम गर्नथालेपछि वडावासी हर्षित भएका छन ।
आफना लागि जनता नै भगवान भएकोले आफुले जनताको चाहना अनुसारको नै काम गर्दै जाने वडा अध्यक्ष यादवले प्रतिवद्धता जनाएका हुन ।
वडाको चौतर्फि विकास गरी वडालाई एक समृद्ध र विकसित बनाउने आफनो योजना रहेको उनले बताए ।
वडा अध्यक्ष यादवको जनमुखी कार्यबाट वडावासी निकै उत्साहित भएका छन ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष यादव सँगै स्थानीय भद्रभलादमी बुद्धिजीवीहरू लगाएतको सहभागिता रहेको थियो ।