राम प्रबेश बैठा रौतहट,२७ गते जेठ २०७९
सर्लाहीमा सञ्चार माध्यम विकासको लागि मिडिया काउन्सिलको सुझाव संकलन गोष्ठी सम्पन्न भएको छ । शुक्रबार जिल्ला सदरमुकाम मंलगवा स्थित महिन्द्रा होटलमा सो गोष्ठी आयोजन गरिएका थियो । उक्त गोष्ठीमा मधेश प्रदेशको ४ जिल्ला रौतहट,बारा,पर्सा र सर्लाहीका मिडियाकर्मीहरुको सहभागिता रहेको थियो । पहिलो चोटी मिडिया काउन्सिल मधेस प्रदेश जनकपुरधामको आयोजनामा गोष्ठी आयोजन गरिएको थियो ।
गोष्ठीको अध्यक्षता काउन्सिलका प्रमुख प्रशासकिय अधिकृत विन्देश्वर यादवले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन मिडिया काउन्सिल सदस्य कैलास दासले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेस प्रदेश प्रमुख राजेश कुमार कर्ण रह्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य काउन्सिलका सदस्य बन्दना झाले राख्नु भएको थियो ।
गोष्ठीको पहिलो सत्रमा समुहगत छलफल गरि सञ्चार माध्यमको विकासको लागि सुझाव संकलन गरिएको थियो । सहभागी मिडियाकर्मीहरुले सञ्चार माध्यमले हाल भोग्नु परेको समस्याको बारेमा जानकारी गराइएका थिए । कार्यक्रममा बोल्दै वक्ताहरुले मिडियाकर्मीहरु बाट संकलन गरिएको सुझाव कार्यान्यन गराउन काउन्सिलका पदाधिकारीहरु लाइ ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ सर्लाही शाखा अध्यक्ष टंकी क्षेत्री, नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष अनुप तिवारी, नेपाल पत्रकार महासंघ बारा शाखाका जियालाल राय, नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्य समिति सदस्य रामप्रवेश बैठा लगायतका व्यक्तीहरुले आ आफनो तर्फ सल्लाह सुझाव दिएका थिए ।
कार्यक्रमको अन्तयमा अध्यक्षता ग्रहण गरि रह्नु भएका अधिकृत यादवले मिडियाकर्मी साथीहरु बाट प्राप्त भएको सल्लाह सुझावको आधारमा काउन्सिल अगाडी बढने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।
More Stories
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान
बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्दै आजपा