July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहट जिल्लाकाे एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पुर्व मन्त्री साह द्वारा सम्मान

राैतहट,२९ गते जेठ २०७९
नेपाल कम्युनिष्ट पार्टि नेकपा एमाले राैतहटले गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।
शनिबार जिल्लाकाे माैलापुरमा एक कार्यक्रमको आयोजना गरि एमाले जिल्ला कमिटीले स्थानिय तह निर्वाचन २०७९ मा नेकपा एमाले बाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको हो ।

जिल्लाका १८ स्थानिय तहमध्ये एमाले बाट निर्वाचित भएका तीन पालिका प्रमुख,एक उपप्रमुख,३४ जना वडाअध्यक्ष र खुल्ला पुरुष सदस्य, दलित महिला सदस्य तथा महिला सदस्य गरि कुल १६६ जना नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरिएको एमाले राैतहट अध्यक्ष त्रिभुवन साह उर्फ अमरजीले जानकारी गराउनु भएको हाे ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आगामि ५ बर्षे कार्यकालमा जनप्रतिनिधिहरु लाई शासक होईन सेवक बनेर जनताको काम गर्न सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका नेता प्रभु साहले जनताले विस्वासका साथ जनप्रतिनिधि चुनेकाले कसैको पक्ष वा विपक्षमा नभई सम्पुर्ण नागरिकका आवश्यकताको पहिचान गरि सर्वपक्षीय काम गर्नुपर्नेमा अग्रसर बन्न निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि एमालेका केन्द्रीय कमिटी सदस्य कुन्दन कुशवाहा,प्रदेश कमिटी उपसचिव आरति भण्डारी,जिल्ला ईन्चार्ज उपेन्द्र साह,जिल्ला अध्यक्ष साह लगाएतले निवाचित जनप्रतिनिधि लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
यसै बिच आज बिहान बसेकाे एमालेकाे जिल्ला कमिटी बैठकले गत स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमाले पार्टीलाई अन्तरघात गर्नेहरू कार्यवाही गर्न माग समेत गरिएको अध्यक्ष साहले बताउनु भएको छ ।