July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको बौधीमाई न पा की उपमेयर प्रेमलता कुशवाहा एमालेमा प्रवेश

रामप्रवेश बैठा,राैतहट, ०२ बैशाख २०७९
राैतहटमा निर्वाचित उपमेयर एमालेमा प्रवेश गरेकी छिन् । जिल्लाकाे दक्षिणी भेग बाैधिमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेकी छिन् । शुक्रबार माैलापुर नगरपालिकाकाे पथराबुधराममा नेकपा एमाले माैलापुर नगर कमिटी द्वारा आयाेजित भेटघाट तथा शुभकामना आादानप्रदान कार्यक्रममा उनले जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नु भएको हाे ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साह द्वारा टिकामाला लगाई आैपचारिक रूपमा एमालेमा प्रवेश गराउनु भयाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै माैलापुरकी मेयर साहले आगामी स्थानीय तहकाे निरेवाचनमा नेकपा एमालेकै पक्षमा मतदान गर्न आग्रह गर्नु भयाे । आफूले माैलापुर नगरपालिकालाई विकासकाे मामलामा अगाडि बढाउन सफल भएकोले आफूलाई नै सहयाेग गर्न आग्रह गर्नु भयाे । माैलापुरमा पुरातात्त्विक महादेव मन्दिर पताैर उतखन्न,लैण्ड पुलिङ्ग,दलित बस्ती निर्माण,धुवामूक्त अभियान अन्तर्गत ग्यास सिलिन्डर वितरण लगायतकाे सराहनीय कार्य गरेकाेले जनताले आगामी चुनावमा आफूलाई नै चुन्नेमा ढुक्क रहेकाे प्रतिक्रिया दिनु भयाे ।
साे अवसरमा माैलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह,उपप्रमुख गाैरीशंकर जयसवाल,नेकपा एमाले राैतहट अध्यक्ष त्रिभुवन साह अमरजि सहित नेकपा एमालेका नेता कार्यकर्ताहरूकाे भव्य उपस्थिति रहेकाे थियाे ।