July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको देवाहीगाेनाही ६ कर्कचमा माओवादीबाट वडा अध्यक्षमा पवन ठाकुर आकांक्षी उम्मेदवार

 

मधेश खबर रौतहट , ०२ गते

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रौतहट जिल्लाको देवाहि गोनाहि नगरपालिका वडा नम्बर ६ कर्कच कर्मैयाको घर–घर र टोल टोलमा चुनावी बहस हुन थालेको छ । सत्तारूढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेसम्म साझा वा अलग–अलग उम्मेदवार खडा नगरे पनि मेयर, उप मेयर तथा वडा अध्यक्षका आकांक्षीहरूले टिकटको लागि आ–आफ्ना दलमा लबिङ तीव्र बनाएका छन् ।

विगतमा नेतृत्व लिन नसकेका तथा नयाँ सोच र उमंगका साथ युवा नेताहरुको सहभागिता राम्रो देखिन्छ । स्थानीय निर्वाचनमा जसरी पनि नेतृत्व लिन तयारीमा जुटेका छन् । यस्तै कर्कच कर्मैयामा वडा अध्यक्षको आकांक्षी उम्मेदवार पवन ठाकुरको पनि चर्चा उतिकै भैरहेको छ । उनी यो निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्षमा भिड्ने भएका छन् ।
माओवादीको तर्फबाट देवाहि गोनाहि नगरपालिकाको वडा नम्बर ६ कर्कच कर्मैयामा वडा अध्यक्षकाे उम्मेदवारमा ठाकुरले नै टिकट पाउने पक्का पक्की रहेको छ । वडामा उनको ठुलो जनमत रहेकाे तथा समाज सेवाको भावनाले क्रियाशिल रहेका कारण उनलाई नै टिकट दिने माओवादीका नेताहरुले सोच बनाएका छन् । गठबन्धन भएपनि उनले नै टिकट पाउने लगभग पक्का नै छ । ठाकुर सबभन्दा बलियो र अपार जनमतवाला नेता भएका कारण उनको चौतर्फी चर्चा चलेको छ ।

बौद्धिक, क्षमतावान र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने यूवा नेता ठाकुर कर्कच गाउँमा समाज सेवी युवा नेताका रुपमा परिचित छन् । कुनै निर्वाचित जनप्रतिनीधी नभए पनि लाखौंको विकास आफनो गाउँमा गराउन सफल भएका छन् । आफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने ठाकुर नेता कार्यकर्ता माझ लोकप्रिय रहेका छन् । राजनीतिमा पहिचान बनाएका उनी प्रस्ट वक्ताका रूपमा चिनिन्छन ।

कोरोना भाइरस (कोभिड १९) को महामारीको समयमा कर्कच गाउँमा स्थानीय सरकार भन्दा पहिला नै सबैको समस्यालाई हेरेर खाद्यान्न वितरण गरेका थिए भने चाड पर्वमा गरिब तथा मुसहर परिवारलाई पर्व मनाउनका लागि लुगा कपडा वितरण गरेका थिए । साथै उनी कुनै पदमा न रहेता पनि समाज सेवाको भावनाले स्वास्थ्य, शिक्षा तथा खेलकुदमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् ।

गाउँमा बलियो र धेरै जनमत भएको उम्मेदवारको रुपमा आफू नै रहेको ठाकुरको दाबि रहेको छ । कुशवाहा अन्य नेता भन्दा नरम, शालिन स्वभावका रहेको र गाउँमा मिलनसार, सबैलाई मिलाएर राख्ने नेता भएका कारण उनलाई जनताले धेरै रुचाउने गरेका छन् ।
माओवादी, समाजवादीलाई गठबन्धनको भर
कर्कचमा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूमा हालसम्म कुनै पनि उम्मेदवारको चर्चा राजनीतिक वृत्तमा देखिँदैन । यद्यपि, यी दलभित्र गठबन्धन भएको खण्डमा उम्मेदवारी दिने पनि आकंक्षीहरू रहेको ती दलका नेताहरूको भनाइ छ ।