गौर,९ चैत ।
रौतहटकी पत्रकार बिना राउत श्रीबास्तव स्वर्गिय उमा सिंह पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएकी छिन् । रौतहटको गौरमा रहेको राजदेवी एफएमकी समाचार बाचिका,बज्जिकाञ्चल दैनिक पत्रिकाकी सह सम्पादक नेपाल पत्रकार पत्रकार महासघ रौतहटको सदस्य बिना राउत श्रीबास्तव सन्चारिका समूह द्वारा प्रदान गरिन लागिएको स्व उमा सिंह पत्रकारिता पुरस्कार बाट पुरस्कृत हुन लागेकी हुन । लामो समय देखी रौतहटमा रहेर पत्रकारिता गर्दै आएकी श्रीवास्तवले सो पुरस्कार पाउदा रौतहटका पत्रकारमा खुशीको संचार छाएको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेम्चन्द्र झाले बताए ।
More Stories
श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने
शिवनगर अस्पतालला एक महिनामा २ सुत्केरी महिलाको मृत्यु, अवस्था तनावग्रस्त ।
आजपा केन्द्रीय सदस्य साहलाई रिहा नगरिए कडा आन्दोलन गर्ने घोषणा