April 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपाल पत्रकार महासंघ रौतहट जिल्ला शाखाको कार्य समिति सदस्य बिना राउत स्व. उमा सिंह पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

गौर,९ चैत ।

रौतहटकी पत्रकार बिना राउत श्रीबास्तव स्वर्गिय उमा सिंह पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएकी छिन् । रौतहटको गौरमा रहेको राजदेवी एफएमकी समाचार बाचिका,बज्जिकाञ्चल दैनिक पत्रिकाकी सह सम्पादक नेपाल पत्रकार पत्रकार महासघ रौतहटको सदस्य बिना राउत श्रीबास्तव सन्चारिका समूह द्वारा प्रदान गरिन लागिएको स्व उमा सिंह पत्रकारिता पुरस्कार बाट पुरस्कृत हुन लागेकी हुन । लामो समय देखी रौतहटमा रहेर पत्रकारिता गर्दै आएकी श्रीवास्तवले सो पुरस्कार पाउदा रौतहटका पत्रकारमा खुशीको संचार छाएको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेम्चन्द्र झाले बताए ।