राम प्रवेश बैठा २३ गते शनिबार
रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
शनिवार बिहान हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ ।
लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट बगेको करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको स्थानीयले ज़नाएका छन्।
घटना बिहानै भएपनि जिल्ला प्रहरी कार्यालय रौतहटको टोली केहि बेर अघि मात्र घटनास्थलमा पुगेर मुचूल्का बनाई पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल गौर लैजाने तयारी भैरहेको स्थानीयहरूले बताएका छन्।
More Stories
श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने
शिवनगर अस्पतालला एक महिनामा २ सुत्केरी महिलाको मृत्यु, अवस्था तनावग्रस्त ।
आजपा केन्द्रीय सदस्य साहलाई रिहा नगरिए कडा आन्दोलन गर्ने घोषणा