July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मधेशको राजधानी जनकपुरमा निर्माणाधीन सहरी पूर्वाधारका महत्वपुर्ण आयोजनाहरुको अनुगमन गर्दै पुर्व मन्त्री प्रभु साह

जनकपुर २५ गते सोमबार

मधेशको राजधानी जनकपुरमा निर्माणाधीन सहरी पूर्वाधारका महत्वपुर्ण आयोजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरियो । सहरी मन्त्रालयबाट निर्माण भईरहेको जनकपुर बसपार्क , दुधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवन लगायतका आयोजनाहरुको कार्य प्रगति समग्रमा सन्तोषजनक रहेको देखियो । मैले शुरू गराएको एकीकृत शहरी आयोजना अन्तर्गत झण्डै ४० कि.मि. सड़क कालोपत्रे, ८० कि.मि. नाला, बिभिन्न पोखरी सौन्दर्यकरण तथा मठ मन्दिर लगायतका पूर्वाधारको कामहरु सम्पन्न भएको हेर्दा सुखद अनुभूति भयो । साथै, आयोजनाहरुको समग्र भागको ठेक्का एकैपटक नहुँदा निर्माणाधीन आयोजनाहरुको भविष्य अन्यौल देखियो, जस्तै बसपार्कको समग्र ठेक्का ७० करोडको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएकोछ, त्यस्तै दुधमति कोरिडोरको समग्र ठेक्का १ अर्बको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भई निर्माण भईरहेकोछ । त्यस्तै अहिले निर्माण भईरहेको आयोजनाहरुको भुक्तानी समयमा नहुँदा निर्माण कार्यमा केही अन्यौलता समेत देखिएकोछ । यसमा सरकारको गम्भीर ध्यान जान जरुरी छ । उक्त अनुगमन तथा निरीक्षण कार्यमा मधेश प्रदेशको सभामुख मा. रामचन्द्र मण्डल, नेकपा ( माओवादी केन्द्र) का नेता मा. भरत साह तथा सहरी डिवीजन प्रमुख प्रदीप खनाल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । यस विकास कार्यको निरीक्षण तथा अनुगमन कार्यमा सहयोग गर्ने सम्पूर्ण साथीहरुलाई विशेष धन्यवाद ।