July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण

राम प्रबेश बैठा राैतहट,मंसिर १७ गते ।
राैतहट: आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाउने क्रममा यहाँ पनि मनाइएको छ । अपांगता भएका व्यक्तिहरूकाे ३२ औं अन्तराष्ट्रिय अपांग दिवस २०८० अवसरमा जिल्लाकाे गुजरा नगरपालिकामा मनाइएको छ ।

“दिगाे विकास लक्ष्य प्राप्तिकाे प्रतिबद्धता:अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता भन्ने नाराका साथ यसपालि अन्तर्राष्ट्रिय अपांग दिवस मनाइएको छ ।
गुजरा नगरपालिका नगर कार्यपालिकाे कार्यालय सिमराभवानीपुरकाे सहयोगमा आइतबार ३ सय जना अपांगलाई उपनगर प्रमुख रत्न लामा का अध्यक्षतामा र आफ्नो योजना बाट ब्लैंकेट वितरण गरेको छ ।

नगरपालिकाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नगरका ३ जना अपांगता भएका व्यक्तिलाई ब्लैंकेट वितरण गरिएको हो । क र ख वर्ग अपांगता परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूलाई ब्लैंकेट वितरण गरिएको छ ।

अपांगता भएका व्यक्तिलाई सहयोग गर्नका लागि आफू हरक्षण तयार रहेको गुजरा नगरपालिकाकि उपप्रमुख रत्ना लामाले बताइन् ।

अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका सवालहरुलाई विश्वव्यापी रुपमा उजागर गर्न सन् १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा संसारभरि हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउने गरिन्छ ।