September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

दण्ड जहिले पनि कमजोरलाई हुन्छ:-हेमलता शास्त्री

फागुन ११ गते
प्रेमचन्द्र झा

राैतहट। प्रसिद्व कथावाचक महिला हेमलता शास्त्रीले दण्ड जहिले पनि कमजोरलाई हुने गरेको बताएकि छन राैतहटको गाैर नगरपालिका स्थित राईस मिल मैदानमा आयोजित ५१ कुण्डिय विष्णु महायज्ञ तथा अन्तर्राष्ट्रिय सन्त सम्मेलन स्थलमा विहिवार कथा वाचन गर्नु हुँदै सन्सारलाई सन्त र नारी शक्तिले परिवर्तन गरेको ईतिहास स्मरण गर्दै नारीलाई कमजोर नठान्न अनुराेध गर्नु भयाे । तैपनि पुरुष प्रधान यस समाजमा शेरको बलि हुदैन खसिको मात्र बलिदिने गरिन्छ । जहिले पनि महिलालाई कमजोर ठान्ने गर्दछन । महिलालाई कमजोर नठान्न अनुराेध गर्नु भयाे । उहाँले महिला जहाँ बसे प्रेम वातस्ल्य ,करुणा जागृत हुने गरेको बताउनु भयो । जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको वास हुन्छ । नारि काली, कलि, फुलबारी ,बेटी ,सिता सबैलाई नारीको संज्ञा दिनु हुदै। नारिलाई अपमान गर्ने पुरुष हुनै सकदैन ।वहाँले नारीलाई सम्मान गर्न सबैसंग अनुराेध गर्नु भयाे । संसारमा बनावट मिलावट दिखावट सिखावटमा बढि विश्वास गर्ने भएकोले भगवानमा आस्थ भए ती कुराको जरुरी नहुने बहांले बताउनु भयो । सबैलाई शास्त्र र संस्कार सम्झिनु जरुरी रहेको बोल्दै
शिक्षाको जिवनमा ठुलो महत्व रहेको छ । शिक्षाले मनुष्यलाई मनुष्य बनाउछ । शिक्षा र संस्कार ऐन बताउदै शिक्षा मजबुत हुने समाजको चमक बेग्लै हुने गरेको बताए । अविनाशि जसकाे नाश न हाेस । परमात्माकाे नास हुदैन । आमालाई अफना बच्चालाई बाेतलकाे दूध नखुवाउने अनुराेध गर्दै बोतलको आदतले नै कोकाकोला हुँदै मदिरापानको आदत हुने गरेको चेतावनी दिनु भयो । अहिलेको आमा दूध खुवाउन चाहदैन , शरिर खराब हुन्छ भनेर तर शराब सम्मको आदत लाग्न नदिन आफ्ना सन्तानलाई कम्तिमा ६ महिना आफ्ना दूध खुवाउन आग्रह गर्नु भयो । कथाको भोली शुक्रबार दिउँसो ०२:०० बजे शुरुभई सांझ ०५:०० बजे सम्पन्न हुने आयोजकले जनाएकोछ ।