July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको राजपुरमा ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा शहिद प्रति श्रद्धाञ्जली अर्पण गरियो

राम प्रबेश बैठा ,फागुन ०७ गते

रौतहट जिल्लाको क्षेत्र नम्बर २ मा राजपुर नगरपालिकामा ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । सो नगरपालिकाको कार्यालय प्रांगणमा आज एक कार्यक्रमका बिच राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको हो ।
१०४ वर्षे राणा शासन अन्त्य भएको अवसरमा हरेक वर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । बि.स. २००७ साल फागुन ७ गतेका दिन राणा शासनको अन्त्य भएको अवसर पारेर यो दिवस देशै भरि मनाउने क्रममा आइतवार राजपुर नगरपालिका सहित जिल्लाको विभिन्न ठाउँहरुमा मनाइएको हो ।
राष्ट्रको सम्मान राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको अध्यक्षता नगर प्रमुख डा.मो.राजिक आलमले गर्नु भएको थियो । प्रमुख अतिथीको रुपमा उपमेयर जमिला असगरी रह्नु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथी तथा राजपुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा वहाँले सबैजनालाइ स्वागत गर्दै सहिदहरुको बलिदान स्वरुप हामी अहिले यो ठाउँमा उभिन पाएको भन्दै स्मरण गराए ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को कार्यक्रममा सबै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,कर्मचारी लगायतका व्यक्तीहरुको सहभागिता थियो । कार्यक्रममा नगरप्रमुख आलम सँगै सबैजनाले सहिद प्रति फूलमाला अर्पण गरेका थिए ।
कार्यक्रमलाइ समापन गर्दै मेयर डा.आलमले आफनो ज्यानको आहूती दिएर आमीलाइ प्रजातन्त्रको उपलब्धी हासिल गराउनु हुने महान सहिदहरु प्रति सम्मान प्रकट गर्नु भएको थियो । वहाँहरुकै बदिानी स्वरुपको अहिले गाउँगाउँमा सिंह दरबार पुग्न सफ भएको बताए । साथै वहाँले एक अर्को प्रसंगमा स्थानिय सरकार आएपछि जनता सरल रुपमा सेवा लिइरहेको दावी गरे । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।