January 2, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

३० वर्षमुनिका प्रतिनिधिसभा उम्मेदवार कति जना छन् ? (नामावली हेर्नुस्)

काठमाडौं ।

 आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलबाट ३० वर्षमुनिका युवा उम्मेदवार शून्यजस्तै छ ।

राजनीतिमा युवाको सहभागिता हुनैपर्छ भन्नेदेखि नो नट अगेनजस्ता चर्चा व्यापक छन् । तर सांसदमा सहभागिता हुने सम्भावना भने लगभग शून्य हुने अनुमान उम्मेदवारी दर्ताबाटै हुन्छ । किनभने देशभर २ हजार ५३१ प्रतिनिधिसभका उम्मेदवार छन् तर ३० वर्षमुनिका उम्मेदवार १८० जनामात्र छन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार भएका उम्मेदवार पनि साना दल र स्वतन्त्रमात्र छन् । त्यसैले युवाको सहभागिता हुनैपर्छ भन्ने आवाज सामाजिक सञ्जाल र चिया गफमै सीमि नहोला भन्न सकिन्न । वा अर्को निर्वाचन पर्नैपर्ने देखिन्छ ।

प्रमुख राजनीतिक दलले आकांक्षी युवालाई टिकटमा वञ्चित गर्दा २०७४ को निर्वाचनभन्दा थप घटेको हो । आयोगका अनुसार यस पटक प्रतिनिधिसभा सदस्यमा २५ देखि ४० वर्षसम्म उमेर समूहका ७८३ जना र २५ वर्षका १७ जना छन् ।

तालिकामा हेर्नुस् युवा उम्मेदवाहरूको नामावली :–