July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया नगरपालिका द्वारा फेरि अर्को सराहनिय कार्य सम्पन्न

  1. छोराछोरी बिचको विभेद हटाउन लाइ साइकिल वितरण हुँदैः मेयर कुशवाहा
    कटहरिया,मंसिर १९ गते
    छोराछोरी बिचको विभेद हटाउन लाइ साइकिल वितरण भइरहेको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहाले बताउनु भएको छ । कटहरिया नगरपालिकाको श्री माध्यमिक बिधालय बगहीमा आयोजित साइकिल वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।
    वहाँले भन्नु भयो हामीले प्रदेश सरकार बाट छात्राहरुको लागि आउँछ भन्ने आशा थियौं । तर समयमा आएन त्यही भएर हामीले आफनै कार्यक्रम सञ्चालन गरि साइकिल वितरणको कार्य अगाडी बढाएका छौं । साइकिल वितरण बाट छात्राहरु लाइ उच्च शिक्षा हासिल गर्न, प्राविधिक ज्ञान लिन सहयोग पुग्ने छ भन्ने नगरपालिकाले आशा लिएको मेयर कुशवाहाले बताए ।
    कटहरिया नगरपालिका स्वास्थ्य, भौतिक पूर्वाधारमा , बिधुत सेवा निशुल्क,सौचालय टैंकि सरसफाइमा,ग्यास सिलिण्डर वितरण लगायत हरेक क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको अवगत गराएका थिए ।
    छात्राहरु लाइ साइकिल वितरणको काम पहिला नै गर्नु पर्थो तर ढिलो भए पनि अभियान अगाडी बढाइएको वहाँले बताउनु भयो । वहाँले मावि बगहीमा अगामी पुष महिना भित्रमा ७ वटा शिक्षक व्यवस्थापन गरिने अभिभावकहरुलाइ जानकारी गराउनु भयो । शिक्षक पूर्ति भएपछि बिधालयमा आठ घण्टा पढाइ हुने विश्वास दिलाउनु भयो ।
    सामुदायिक बिधालयमा छाधाहरु लाइ साइकिल वितरण गर्नुको मुख्य उदेश्य छोराछोरी बिचको विभेद हटाउनु रहेको उनले बताए । हाम्रो समाजमा छोरीप्रतिको जुन दृष्टिकोण छ । त्यो परिवर्तन गर्ने अभिप्रायले साइकिल वितरणको अभियान चलाइएको बताए ।
    नगरपालिका बाट उपलब्ध गराइएको साइकिलको सदुपयोग गर्न सबैमा आग्रह गर्नु भयो ।
    साथै मावि बलिरामपुरमा शिक्षक पुर्ति,कम्पाउण्ड वाल,पोखरिको व्यवस्थापन, शिक्षक व्यवस्थापन गरिने वहाँले बताउनु भयो ।