आरके श्रीवास्तव,राैतहट,मंसिर २८ गते
राैतहटमा काँग्रेसकाे तर्फबाट मेयर प्रत्यासी रहेका एक जना नेताकाे निधन भएको छ । गुजरा नगरपालिकाकाे मेयर पदका प्रत्यासी शेष दाउदकाे गएराति निधन भएको पारिवारिक स्राेतले बताएकाे हाे ।
रौतहटकाे साबिक कनकपुर गा. वि. स. का पूर्व अध्यक्ष तथा २०७४ सालमा स्थानीय चुनावमा गुजरा नगरपालिका काे नेपाली कांग्रेसबाट मेयर प्रत्याशीकाे रूपमा दाउद रह्नु भएको थियाे ।
साेमबार काठमाण्डौमा राती करिब ९:३० बजु हृदयघात भई असमायिक निधन भएको बुझिएको हाे ।
उहाँको असमायिक निधन प्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय