July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

फतुवा बिजयपुरमा भर्चुअल कक्षाको नाउँमा लाखौंको अनियमितता,कक्षा सञ्चालन नगरीकन पेशकी निकालियो

रामप्रवेश बैठा,रौतहट,मंसिर १७ गते
रौतहट जिल्लाको एक नगरपालिकामा भर्चुअल कक्षाको नाउँमा अनियमितता भएको पाइएको छ । जिल्लाको उतरी भेग फतुवा बिजयपुरमा भर्चुअल कक्षा अहिले सम्म सञ्चालन नै भएको छैन् । सञ्चालन नै नभएको भर्चुअल कक्षाको नाउँमा लाखौं पेशकी लिएको बुझिएको हो ।
रिपोर्टिङ गर्ने क्रममा हामी फतुवा विजयपुर नगरपालिकाको सामुदायिक विधालयहरुमा पुग्दा यस्तो रहस्य खुलेको हो । सो नगरपालिकमा जम्मा ३२ वटा बिधालयहरु रहेका छन् । जस मध्ये ६ वटा माध्यमिक विधालयहरु छन् । ६ वटै माध्यमिक बिधालयहरुमा भर्चुअल कक्षा सञ्चालन गर्नु पर्ने थियो । तर सो कक्षा सञ्चालन नै भएन । सो नगरपालिका अन्तर्गत श्री मावि विजयपुर,श्री मावि दुधिअवा,श्री मावि टेंग्राहा,श्री मावि सितलपुर,श्रीमावि पेटभरवा र श्री मावि हिमालीबाँस रहेको छ । ती विधालयका प्रअहरु सँग सोध्दा हाम्रो विधालयमा भर्चुअल कक्षा सञ्चालन नभएको प्रतिक्रिया दिए ।
संघीय व्यवस्थाअनुसार स्थानीय सरकार गठन भएपछि शिक्षा क्षेत्रमा चरम लापारवाही भएको पाइएको छ । गाउँगाउँमा सिंहदरबार पुगे पनि स्थानीय सरकार शिक्षा क्षेत्रमा अनियमितता गर्ने अखडाको रुपमा विकसित हुँदैछ । स्थानिय सरकार आएपछि शिक्षाको विभिन्न शिर्षकको रकमहरु अनियमितता भएको पाइएको छ । तर सम्बन्धित निकाय ध्यान जान सकेको छैन् ।
फतुवा बिजयपुरमा शिक्षा संयोजक हरेन्द्र यादवको चरम लापारहवाहीले शिक्षाको लाखौं रकम झवाम पारिएको हो । स्थानीय तहको शिक्षा क्षेत्रलाई नियमन गर्ने निकाय प्रभावकारी नभएकोले यस्तो विकृति बढदै गएको छ । अधिकार सम्पन्न स्थानीय तह भएकै कारण शिक्षा संयोजक यादव र शिक्षा माफियाको मिलेमतोमा नियम विपरीतका कार्य भएको छ ।

अनियमितताको काम रोक्नको लागि सरकारी निकायबाट दिएको सुझाव र निर्देशनको वेवास्ता गर्दै स्थानीय सरकार कानुन विपरीतको काम गर्न फतुवा बिजयपुर उद्यत भएको छ । स्थानीय सरकारले प्राप्त गरेको अधिकारको सदुपयोग भन्दा पनि दुरुपयाग गर्ने क्रम बढ्दै गएको छ ।
यस विषयमा शिक्षा संयोजक हरेन्द्र यादव सँग सोध्दा कुरा गर्न नै चाहेन्न् । फतुवा बिजयपुरको लेखापाल नविन कुमार यादवले भर्चुअल कक्षाको नाउँमा पैसा निकासा भएको स्विकार्दै कक्षा सञ्चालन नभएको बताए । भर्चुअल कक्षा छिट्टै सञ्चालन गरिने उनले बताए ।
यता जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका कार्यालय प्रमुख रामविनय कुमार सिंह सँग सोधदा जिल्लाको हरेक पालिकामा करिब ४० लाख देखि ७० लाख सम्म बजेट गएको जानकारी गराए । अब यसको सम्पूर्ण अधिकार स्थानिय सरकार सँग भएकोले यसको नियमन गर्ने जिम्मा स्थानिय तहकै भएकोले आफूहरु समन्वय मात्रै गर्न सक्ने प्रतिक्रिया दिए ।
यस विषयमा नगरप्रमुख गोपाल राय यादव सँग बुझदा भर्चुअल कक्षाको नाउँमा आएको रकम त्यसमै खर्च गर्नु पर्ने यदि त्यसो नगरेमा कार्यवाही गर्ने प्रतिबद्धता जनाए ।