July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया नगरपालिका नगर प्रवक्ता चन्दन कुशवाहा को फेरि अर्को सराहनिय कार्य वाड भवनको उदघाटन

मधेश खबर रौतहट, २१ चैत्र

रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिका वडा नम्बर ४ को नवनिर्मित वडा कार्यालयकाे भवन उद्धघाटन गरिएको छ । सो कार्यक्रमको प्रमुख अतिथि  विधायक कुन्दन कुशवाहाले नवनिर्मित वडा कार्यालयकाे भवन उद्धघाटन गरेको हो । नगरपालिकाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरि सेवा दिने योजना अनुरुप कार्यालय भवन निर्माण गरिएको हो । ३५ लाख रुपैयाँको बजेटमा ४ कोठे भवनको निर्माण कार्य सम्पन्न भएको हो । कार्यालय भवनको उद्धघाटन गदैँ विधायक कुशवाहाले वडा नम्बर ४ को वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुशवाहाको कार्य भूमिकाको प्रसंशा गर्दै सो भवनको निमार्ण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको थियो ।

उनले ५ वर्षको कार्यकालमा आफुले विकास बारे गरेको कामहरुको सम्क्षना गर्दै भने “हामीले यो सबै काम २ वर्षको अवधिमा मात्र सम्पन्न गरेका छौँ । यो भान्दा पनि धेरै काम गर्ने लक्ष्य भएता पनि राजनीतिक अवरोधका कारण तथा कोरोना भाइरस र हाम्रो नगर प्रमुख सियाराम कुशवाहा अदालति प्रक्रियामा गएको कारण हामीले काम गर्ने अवधी २ वर्ष मात्र पाएका थियौँ र हामीले सो अवधिमा यति काम गरोका छौँ । अब अगामी बैशाख ३० गते हुँने स्थानीय तहको निवार्चनमा फैसला तपाईहरुले नै गर्नु पर्छ कि समाज विकासका लागि कुन पार्टी चाहिन्छ ।
तपाईहरुले फेरी हाम्रो पार्टीलाई साथ दिनु भयो भने यो भन्दा पनि राम्रो राम्रो योजनाहरु हम्रो पालिकामा आउने छ र विकासको गतिमा तिव्रता हुने छ । हामीले बजारलाई विकासको योजना तथा गाउँ र ३ नम्बर क्षेत्रलाई स्मार्ट क्षेत्र बनाउँन लागि परेका उनले बताए ।

त्यस्तै कार्यक्रममा बल्दै कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहाले भने “हामी आज आफ्नो उदेश्यमा पुरा न भएता पनि ८० प्रतिशत सफल भएका छौँ । हाम्रो टिमले विकासको मार्गमा आएको सबै अवरोधहरुलाई पच्छयाउदै ५ वर्षसम्म गरिने काम हामीले २ वर्षमै गरेर देखाएका छौँ । यो निवार्चनमा पनि यस्तै विश्वास गरेर हाम्रो साथ दिनु । यो निर्वाचनमा पनि हाम्रो पार्टीले जितन सफल भयो भने यो भन्दा पनि राम्रो कामहरु गरेर देखाउँने छौँ ।” उनको भनाई छ । उनले यो निवार्चनमा राम्रो संग सोच विचार तथा काम हेरर मात्र मत दिनका लागि अनुरोध समेत गरेका छन् ।

यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष चन्दनकुमार कुशवाहाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले वडाको सेवालाई सहज बनाउन तथा विभिन्न विषय वस्तुबारे काम गर्न अब सहज हुँने बताए ।

साथै उनले भने “हामीले ५ वर्षको अवधीमा जति काम गर्यौ त्यति काम अरु पालिकाहरुले आफ्नो पालिकामा पनि गर्न सकेको छैन् । साथै नजिक आएको तथा अगामी बैशाखमा हुँने स्थानीय तहको निवार्चनमा लोभ लाभमा न परि विकास गर्ने नेतालाई साथ र सहयोग गर्नका लागि अनुरोध गरेका छन् ।”“हामीले गरेका कामहरु तपाईको समक्ष नै छ तपाई आफै तुलना गर्नु अब तपाईलाई विकासको निम्ति कुन व्यक्ति चाहिन्छ,” उनको भनाई छ । साथै कार्यक्रममा ७ वटा समूहको क्रिकेट टिमहरुलाई क्रिकेट सेट सहित वितरण गरिएको थियो ।

साथै कार्यक्रममा एमाले जिल्ला कमिटि अध्यक्ष त्रिभुवन साह उर्फ अमर  साहको विशिष्ठ आतिथ्यता रहेको  र एमाले प्रदेश कमिटि सदस्य चन्देश्वर बैठा, नेकपा एमालेका कटहरया नगर कमिटी अध्यक्ष योगेन्द्र साह लगायत वडा नम्बर ४ को कर्मचारी, जनप्रतिनिधिहरुको लगायतका बिभिन्न नेता कार्यकर्ता को संचारकर्मीहरु को सहभागितामा कार्यक्रम सम्पन्न भएको छ