कटहरिया । कटहरिया–९ का कृष्ण कुमार हजराको एनआईसी एसिया बैंकको खातामा रहेको ४ लाख २ हजार रुपैयाँ एकाएक गायब भएको छ । सुरक्षित हिसाबले सर्बसाधारण बैंकमा पैसा राख्ने गर्छन् तर गत चैत १५ गते मंगलवार एकदमै रहस्यमय घटना घटेको छ । हजराले बैङकमा राखेको पैसा बैंकबाट नै गायब भएको छ ।
हजराले सोही दिन आफनो खातामा ५ लाख रुपैया जम्मा गरेका थिए । बेलुका उनको खाता बाट कसैले मोबाइल बैंकिङ्ग प्रयोग तिन लाख रकम झिकेछ । बैंक खुलुन्जेल उनको खाता बाट ४ लाख २ हजार रुपैयाँ गायब भयो । केहि महिना अघि उनले एनआईसी एसिया बैंकको कोल्हबी शाखा बाट ऋण लिएका थिए । त्यही ऋण तिर्ने हिसाबले आफनो खेत बेचेर उक्त रकम जम्मा गरेका थिए ।
तर उनले आफ्नो बैक खातामा सञ्चित रकम चलाउन नपाउँदै अरुले नै खाताबाट सो रकम झिकेको म्यासेज उनको मोबाइलमा आएको थियो ।
हजराको मोबाइलमा बैंकबाट २५÷२५ हजार रुपैयाँ डेबिट भएको (निकालेको) म्यासेज आयो । त्यसको केही बेरमै फेरि २५÷२५ हजार रुपैयाँ निकालेको म्यासेज आयो । ‘म घरमै बसिरहेको थिएँ, अचानक धेरै पटक रकम झिकेको म्यासेज आयो । मैले रकम झिकेको थिइनँ र कसैलाई चेक पनि दिएको थिइनँ । मेरो मोबाइल बैंकिङ्ग चलाउने मोबाइल पनि छैन् । के भयो भनेर बैंकमा गएर बुझ्दा कसैले खलती बाट रकम ट्रान्सफर गरेको जानकारी पाएँ,’ हजराले भने । यो खबर शाखा प्रबन्धक लाइ सुनाएपछि उनको खाता बलक गरे ।
बैंकले खाताबाट रकम हराएको उनको गुनासोप्रति कुनै ध्यान दिएन, बरु प्रहरीमा उजुरी गर्न भन्यो ।
हजराले भने, ‘हामी बैंकमा पैसा राखेपछि ढुक्क हुन्छौं, सुरक्षित छ भन्ने ठान्छौं तर मैले बैंकमा गएर मेरो पैसा बैंकबाटै हरायो खोजीदिनु प¥यो भन्दा प्रहरीमा उजुरी दिन भनियो ।
त्यसपछि हजरा जिल्ला प्रशासन कार्यालय रौतहटमा गएर उजुरी दिए । प्रशासनले पनि कुनै वास्ता नगरेपछि पुनः आज आइतवार हजरा बैंकमा पुगेका थिए । उनको यो घटना बारे बैंकले आवश्यक कदम चालेको बैंक स्रोतले भनेको छ ।
२१ औ शताब्दी बिज्ञान र प्रबिधिको आधुनिक युग हो । बिज्ञान र प्रबिधिको बिकास सगसगै बिकास हुँदै आएको अर्को कुरा हो बैङ्क तथा बित्तीय संस्थाहरु यिनै बैंकहरुको बिकास पछी अहिले रुपैयापैसा पनि डिजिटल बन्न पुगेको छ ।
मान्छेले घर बसेर नै लाखौ करोडौको कारोबार गर्न थाले र पैसा बिश्वको कुनैपनी देशबाट अर्को देशमा पठाउन कुनै समस्या नै हुन छाड्यो र यो सबै बैंककै कारणले सम्भब भएको हो ।
तर यो बिषय भने यहि बैङ्किङमा भएको त्रुटिले उब्जाएको शंका आम चर्चाको विषय बनेको छ । यस अघि पनि एनआइसि एसिया बैंक शाखा कटहरिया बाट नै बिजय महारा नामको व्यक्ती खाता बाट करिब १६ लाख रुपैया गायब पारि दिइएको थियो । धेरै मिहिनेत पनि महराले पैसा फिर्ता पाएका थिए ।
यस्ता घटनाहरु बारम्बार घटि रहँदा बैंक प्रशासन कुनै ठोस कदम नचाल्नु बिडम्बना रहेको छ ।
More Stories
भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न आईटी आर्मीलाई प्रभु साहको निर्देशन
फतुवा विजयपुरमा एक जना राहत शिक्षकलाई दुई विधालयको प्रधानाध्यापकको जिम्मेवारी
धरहरीकाे राधाकृष्ण मन्दिर आकर्षणकाे केन्द्र बन्दै असार ३१मा प्राण प्रतिष्ठा