रौतहट मधेश खबर ,चैत २२ गते
रौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकाको नगरप्रमुख संतोष कुमार मेहताको बारेमा विरोधात्मक टिप्पनी गरेको भन्दै एमाले द्धारा गम्भीर ध्यानाकर्षण भएको छ । नेकपा एमाले इशनाथ नगर कमिटिले आज मंगलवार एक विज्ञप्ती जारी गर्दै सो घटना बारे घोर भतर्सना गरेको छ ।
नगर कमिटि अध्यक्ष मोहन प्रसाद मेहता द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । इशनाथ नगरपालिका वडा नम्बर ५ निवासी शैलेन्द्र साह अहिले स्थानिय चुनाव नजिकिए सँगै आफनै पार्टीको नगर प्रमुख बारे विभिन्न मिडिया र सामाजिक संजाल मार्फत विरोधात्मक टिप्पनी गरिरहेको विषयमा एमाले पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पछिललो केहि समय देखि एमाले पार्टी र पार्टीको नगर प्रमुख लाइ कमजोर बनाउने पार्टी भित्र आन्तरिक कल्ह गराउन अन्य दल संग आन्तरिक रुपमा साँठगाठ राखी आफू खुसी मेयर पदको उम्मेदवारी घोषणा गरी अराजक तत्वहरु द्धारा अवैधानिक रुपमा पार्टीको साख गिराउने जस्ता क्रियाकलाप गर्दै गरेको शैलेन्द्र साह अहिले पार्टीको विधान र र्मम विपरीत काम गरिरहेको र आफनै पार्टीको नगरप्रमुखको चरित्र हत्या गर्ने गरेकोले यस्ता गैर राजनितीक क्रियाकलाप गर्ने व्यक्तीको भ्रमात्मक र भडकाउने प्रवृक्तिको व्यक्तीको कुरामा नलागी पार्टीको हितमा काम गर्न समस्त नगर कमिटिका सदस्य र कार्यकर्ताहरु लाइ अनुरोध गरेको छ ।
त्यस्ता कार्यमा संलग्न शैलेन्द्र साहलाइ पार्टीको विधान अनुसार हदै सम्मको कार्यवाहीको जोडदार मांग गरिएको छ ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान