July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट बारा पर्साको पसलहरुमा पेट्रोल प्रतिलिटर २५० देखि ३ सयसम्म, उपभोक्ता तिर्न बाध्य

 

रौतहट, २० चैत । शुक्रबारदेखि अवरोध तथा संकटको रुपमा रहेको पेट्रोलीयम पदार्थको अभाव रौतहटमा प्रत्यक्ष रुपमा देखा परेको छ । आज (आईतबार) जिल्लाको खुल्ला पेट्रोल विक्रि वितरण गर्ने पसल वालाहरुले प्रतिलिटर २५० देखि ३०० रुपैयाँसम्म लिने गरेको देखिन्छ ।

इात्राको क्रममा रहेको अमाकन्त कुशवाहाले भन्छन् “आज कटहरियाबाट गौर जाने क्रममा मोटरसाईकलमा तेल सक्यो । पछि नजिकैको एउटो पसलमा पेट्रोल लिन जादा उनले प्रतिलिट ३ सयमा विक्रि भैरहेको पसलवालाले भने । तर, मोटरसाईकलमा तेल न भएपछि जसरी पनि किन्नु नै पर्ने भएकाले एक लिटर तेल लिएको” थियो । कतै न पाउने डर तथा पेट्रोल पम्प बन्द भएका कारण सो रकममा तेल राख्न बाध्य भएका थिए ।

पेट्रोल डिजल किनेर स्टोकमा राखेकाहरूले अहिले एक लिटरको २५० देखि ३०० रूपैयाँसम्म लिएर उपभोक्तालाईलाई दिँदै आएको स्थानीयको गुनासो छ ।

पेट्रोलको अभावमा सधैं मोटरसाइकल स्कुटीमा देखिनेहरू यतिबेला हिँडेर आवतजावत गरेको देखिन थालेका छन्। इन्धन ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर डिपोबाट तेल नपठाउँदा पेट्रोलियम पदार्थको अभाव भएको स्थानीय पेट्रोलियम पम्प व्यवसायीहरू बताउँछन् । शनिबार साँझ आन्दोलनरत पक्षसहित सरोकारवालबीच सहमति भएकाले अब पेट्रोलियम पदार्थ सहज हुने आशा गरिएको छ ।