July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

आरके श्रीवास्तव,रौतहट,फाल्गुन १० गते
रौतहटमा पत्रकार आचार संहिता सम्बन्धी अभिमुखिकरण समपन्न भएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको आयोजनामा आज मंगलबार अभिमुखिकरण कार्यक्रमको आयोजन गरिएको थियो । मौलापुर नगरपालिकाको सभाहलमा सो कार्यक्रम आयोजन गरिएको थियो । मौलापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय पतौरा रौतहटको सहयोगमा एक दिने पत्रकारहरुको लागि तालिम आयोजन गरिएको थियो ।
अभिमूखिकरण कार्यक्रमको उदघाटन प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले मैनबती बालेर गर्नु भएको थियो । सो कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झाले गर्नु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीको रुपमा मौलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह,नेपाल पत्रकार माहासंघ मधेश प्रदेश कमिटी सदस्य शैलेन्द्र झा रह्नु भएको थियो । अतिथीहरुमा राष्ट्रिय दलित पत्रकार संघ रौतहट अध्यक्ष राजेश पासवान,रिपोर्टस कल्ब रौतहटका अध्यक्ष अभिमनु पटेल रह्नु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार आरके श्रीवास्तवले गर्नु भएको थियो ।
उदघाटन पछि उपस्थीत जिल्लाको दर्जनौं पत्रकारहरु लाइ प्रमुख अतिथी एवम् प्रशिक्षक धर्मेन्द्र झाले पत्रकारहरुलाइ आचार संहिता सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । पत्रकारहरुले गर्न हुने र गर्न नहुने विषयहरु बारे जानकारी गराउनु भएको थियो । कार्यक्रम लाइ सम्बोधन गर्दै वक्ताहरुले आयोजक नेपाल पत्रकार महासंघ रौतहट र सहकार्य गर्ने मौलापुर नगरपालिका लाइ धन्यवाद ज्ञापन गरेका थिए । त्यहाँ उपस्थित पत्रकारहरु लाइ पत्रकारहरुको नियम परिधि भित्र रहेर पत्रकारिता गर्न सुझाव दिएका थिए । पत्रकार अचारसंहितालाइ पूर्ण रुपमा पालन गर्न ध्यानाकर्षण गराएका थिए ।