July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

दाईजो प्रथालाई चुनौती दिँदै चौरसियाले गरे आदर्श विवाह

वीरगंज १० फागुन,
तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथालाई चुनौती दिदै पर्सा जिल्लामा एक जोडीले आदर्श विवाह गरेका छन् । वीरगंज स्थित श्री सिता आयुर्वेदीक सेन्टर प्रा.लि.का जिएम हरेराम चौरसियाले वीरगंज वडा नं. ४ निवासी दिव्या चौरसिया सँग वीरगंजमा एक कार्यक्रमका बीच हिन्दू परम्पराअनुसार विवाह गरेका छन् ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ हाल वीरगंज महानगरपालिका वडा नं. २४ रानीघाट स्थित श्री सिता आयुर्वेदीक सेन्टर प्रा.लि. वीरगंजका सञ्चालक एवं समाजसेवी सत्रुध्न प्रसाद चौरसियाका छोरा हरेराम चौरसिया र वीरगंज महानगरपालिका वडा नं. ४ लक्ष्मीनगर टोल बस्ने यादवलाल चौरसियाका छोरी दिव्या चौरसिया सँग फागुन ६ गते वैवाहिक बन्धनमा बाँधिएका हुन् ।
मधेसमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न दाईजो नलिई बिहे गरेको कम्पनीका म्यानेजिङ्ग डाईरेक्टर संजिव कुमार रायले बताए । तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेका छन् ।
एक प्रा.लि.का सञ्चालक चौरसियाले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको बेहुलीका बुवा यादवलाल चौरसियाले बताए ।