July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा सशस्त्र प्रहरीको नव निर्मित भवन उदघाटन सम्पन्न

रौतहट,फाल्गुन ११ गते
रौतहट जिल्लाको सशस्त्र प्रहरीको नव निर्मित भवनका समुदघाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाको नयाँ भवनको आज उदघाटन गरिएको छ । समुदघाटन कार्यक्रमको प्रमुख अतिथीको रुपमा सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर,विशष्ट अतिथीको रुपमा बौधीमाइ नगरपालिकाका नगरप्रमुख राजिव रंजन यादव,मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह,रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही रह्नु भएको थियो ।
बुधवार एक कार्यक्रमका बिच भवनको सशस्त्र प्रहरी नायब महानिरीक्षक मगर र मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहले संयुक्त रुपमा समुदघाटन गर्नु भएको थियो । राष्ट्रिय धुन बाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य सशस्त्र प्रहरी रौतहटका प्रमुख ध्रुव बहादुर कार्कीले राख्नु भएको थियो । सशस्त्र प्रहरी नायब महानिरीक्षक मगरले शिला अनावर र वि.ओ.पि. समुदघाटन गर्नु भयो । नेपाल सरकार मन्त्री परिषदको बैठकबाट मिति २०६७ असार १४ गते जिल्ला रौतहट बौधिमाइ नगरपालिकाको वडा ७ सरमुजवामा सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट सरमुजवाको स्थापना भएको हो । वि.ओ.पि.ले सिंचाइको २ कठ्ठा जमिनमा रहेको २ कोठे भवन र स्थानीय विजय कुशवाहाको २ कठ्ठा गरी जम्मा ४ कठ्ठा जमिन अस्थायी रुपमा भोगचलन गर्दै आएकोमा मिति २०७३ पौष २९ गते वि.ओ.पि. सरमुजवालाइ स्थानिय व्यक्तीहरुले सिंचाइको जग्गामा सीमाना मिल्ने गरी १ कठ्ठा ११ धुर जग्गा वि.ओ.पि. सरमुजवाको नाममा रजिष्टेशन पास गरेको थियो । सोहि जग्गामा सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालय बाट प्राप्त बजेटबाट कार्यालय भवन र व्यारेक भवन निर्माण सम्पन्न भइ आज समुदघाटन गरिएको छ । सो वि.ओ.पि.को जिम्मेवारी इलाकाको पूर्वमा परोहा नगरपालिका,पश्चिममा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका,उक्तरमा देवाही गोनाही,मौलापुर र दक्षिणमा भारतको पूर्वि चम्पारण पर्दछ ।
समुदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा,प्रेस चौतारी रौतहटका अध्यक्ष उतम कुमार उपाध्याय,दलित क्रियाशिल पत्रकार संघ रौतहटका अध्यक्ष रामप्रवेश बैठा, बौद्धिमाइ नगरपालिकाको विभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका नेताहरु,स्थानिय भद्र भलादमी बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।