September 16, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

भ्रष्ट सरकारको विरुद्धमा सडक आन्दोलनको आवश्यकता रहेको आजपा नेताको सुझाव

काठमाडौं ।

लूटकारी दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन सत्तामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष सहित आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेश गरेको राजनीतिक प्रतिबेदनमा चर्काचर्की बहस भइरहेको छ ।

आज (बुधबार) दोस्रो दिन केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । मंगलबारदेखी काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आजपा केन्द्रिय कमिटीको बैठक सुरु भएको हो ।

बैठकमा आजपा स्थायी कमिटीका सदस्य रन्जु साहले बैठकमा पेश गरिएको प्रतिबेदन देश र जनताका लागी भएको बताउदै त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताइन् ।

राजनीतिक प्रतिबेदन सहि भएको भएपनि त्यसमा महिला हिंसाको बिषय नसमेटिएको बताउदै साहले देश तथा बिदेशमा समेत भइरहेका घटनाको विरुद्धमा संघर्षका कार्यक्रम पार्टीले ल्याउनु पर्ने सुझाव दिइन ।

यस्तै आजपाका नेता एंव मजदुर नेता धनकुमारी मगरले मजदुरका समस्या बर्तमान सरकारले समाधान गर्न नसकेको बताउदै मजदुरको हकहितका लागि संघर्षका कार्यक्रम सहित पार्टी अगाडी बढनुपर्ने सुझाव दिइन ।

बैठकमा आजपा नेता एंव कबाड ब्यवसायी संघका अध्यक्ष संजय साहले काठमाडौं महानगरले कबाड ब्यवसायीलाई दिईरहेको दुख एंव हर्कतका विरुद्ध कडा आन्दोलनको आवश्यकता रहेको बताए ।

बैठकमा आजपाका स्थायी कमिटीका सदस्य एंव मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरले नेपालमा मुस्लिम बिश्व बिधालय स्थापनाका लागि संघर्षमा उत्रिनु पर्ने आवश्यकता रहेको बताए ।

यसैगरी बैठकमा आम महिला मोर्चाका अध्यक्ष एंव महिला नेतृ बबिता साहले महिलाहरुलाई राज्यको हरेक अंगमा ५१ प्रतिशत सहभागी हुनुपर्ने माग गरिन । जनसंख्याको आधारमा महिलाको सहभागिता सन्तोषजनक नभएको बताउदै उनले हरेक आन्दोलन एंव परिवर्तनमा माहिलाको सहभागिता भएपनी राज्यको विभिन्न निकायमा सहभागिता नभएको बताइन् ।

बैठकमा आजपा नेता प्रशान्त तिमिल्सिनाले बर्तमान सरकार लुटकारी र भ्रष्ट चरीत्रको भएको बताउदै त्यसका विरुद्धमा छिटोभन्दा छिटो आन्दोलन घोषणा गर्नुपर्ने सुझाव दिए ।

बैठकमा आजपा नेता देबि पण्डित, उमेश कुशवाहा, सुनिता साह, नवीन महतो, चन्दन साह, नरेश तुराहा, प्रदीप साह, रबिन्द्र सिंह, सागर पाण्डे, भानु कोईराला, केबि रावत, लखिन्द्र साह, महम्मद आरिफ, राजेश शर्मा, बिरबल महतो, रामसागर महासेठ, रमेश थपलिया, रुपबहादुर पार्खिन, शिव थापा लगायतका नेताले भ्रष्टाचार, बेथिति, कुशासनको विरुद्ध आन्दोलनको विकल्प नभएको बताएको आजपा महासचिव त्रिभुवन साहले बताए ।