September 10, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्छ : मुख्यमन्त्री सिंह

 असार ६, २०८१

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रत्येक विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा मधेश प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा आज आयोजना गरिएको ट्राफिक जनचेतनामूलक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय राखेपछि सडक दुर्घटनामा कमी आउने उनको भनाइ थियो ।

आजका बालबालिका भोलिका भविष्य भएकाले बालबालिकाकै विशेष सहभागितामा कार्यक्रम सञ्चालन भएकाले यसले समाजमा ठूलो परिवर्तन ल्याउने उनले बताए ।

मुख्यमन्त्री सिंहले बढ्दै गरेको सडक दुर्घटना नियन्त्रणका लागि विद्यार्थीले यसलाई सचेतनाका रुपमा लिनुपर्छ र यसले भविष्यमा दुर्घटना न्यूनीकरण गर्ने बताए ।

ट्राफिक नियम पालना गराउनका लागि उनले आग्रह गरे ।

चालकले सवारी साधनको अवस्थाका बारेमा पूर्व जानकारी राख्नुपर्ने मुख्यमन्त्री सिंहको भनाइ थियो । लोकान्तर संवाददाता