September 10, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

आबि उचिडिहका प्रअ कुशवाहालाई समुदाय द्वारा सम्मान

राैतहट,०५ गते असार ।

रौतहटको देवाही गोनाही नगरपालिका ७ स्थित उचिडिहस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद कुशवाहालाई समुदायले नै सम्मान गरेको छ । सम्मान ग्रहण गर्दा कुशवाहा अत्यन्त भावुक भए । भावुक भएर कुशवाहाले संक्षिप्त मन्तव्य राख्दै भने – विद्यालयलाई अझ बढी दिएर जान पाऊँ ।आफू विद्यालयमा शिक्षकको रुपमा हाजिर हुन आउँदा विद्यालयको कार्यालयमा हाजिरी रजिस्टरसमेत राख्ने अवस्था नरहेको सम्झँदै प्रअ कुशवाहाले भने – म तत्कालीन हेड सरको घरमा गएर नै विद्यालयको हाजिरी रजिस्टरमा हाजिरी गरेको हुँ । विद्यालयलाई एक कट्टा सात धुर घडेरीको जमिन उपलब्ध गराएको कारण समुदायले प्रअ कुशवाहालाई सम्मानित गरेको हो ।

प्रअ कुशवाहाले आफ्नो निजी लगानीमा गाउँको बिचमा रहेको विद्यालयमा एक कट्टा सात धुर जमिन किनिदिएर विद्यालयको नाममा पास गरिदिएका छन् । अहिले विद्यालय भवन बनिरहेको छ ।प्रअ कुशवाहा भन्छन् – विद्यालयको प्रांगणमा म आफ्नै लगानीमा सरस्वती मन्दिरको निर्माण गराउँछ । आगामी केही दिनमै मन्दिरको शिलान्यास गरिने प्रअ कुशवाहाले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन् ।यसै गरी विद्यालयलाई कक्षोन्नति गर्दै माध्यमिक तहसम्म पु¥याउने आफ्नो चाहना रहेको प्रअ कुशवाहाको भनाइ छ ।विद्यालयमा भवन पूरा गरिदिने तथा अन्य सुविधाहरुले पनि विद्यालयलाई सम्पन्न गरेर माध्यमिक तहसम्म विद्यालय संचालन गरेपछि समाजले भनेजस्तै आफूले गर्न तयार रहेको प्रअ कुशवाहाको भनाइ छ ।

प्रअ कुशवाहालाई देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले सम्मानित गर्दै प्रशंसा गरेका छन् ।विद्यालयमा विभिन्न किसिमको राजनीति हुने गरेको र सकारात्मक कामलाई पनि केही मानिसले प्रभावित गर्न खोजेको बताउँदै नगर प्रमुख साहले सबै किसिमको नकारात्मक विचारलाई चिर्दै विद्यालय सही किसिमले संचालन भएको र विद्यालयले जग्गा प्राप्त गरेको बताएका छन् ।नगर प्रमुख साहले विद्यालयलाई जमिन दिने कुराको पनि विरोध भएकोतर्फ संकेत गरेका छन् । विद्यालयलाई निजी लगानीमा जमिन किनिदिएकोमा नगरपालिकाको तर्फबाट नगर प्रमुख साहले पहिले नै सम्मानित गरिसकेका छन् ।प्रअ कुशवाहालाई भवन निर्माण समिति, पूर्व विद्यालय व्यवस्थापन समिति तथा स्थानीय रुपमा सक्रिय आम जनता पार्टी लगायत समुदायले सम्मानित गरेको हो ।प्रअ कुशवाहालाई सम्मानित गर्दै स्थानीयबासीले निकै प्रशंसा गरेका छन् ।विद्यालयमा जमिन दिन तथा विद्यालयको निर्माणमा आफूहरुले दिएको भन्दा धेरै बढी योगदान प्रअ कुशवाहाको रहेको भन्दै खुलेरै प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?