September 10, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बाराबाट एकीकृत समाजवादीका प्रतिनिधि छनोट

०५ असार २०८१,बारा ।

नेकपा (एकीकृत समाजवादी) को १० औँ महाधिवेशनको लागि बाराका ४ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गरिएको छ । असार १६ देखि २० गतेसम्म हुने पार्टीको १० औँ केन्द्रीय महाधिवेशनका लागि बुधबार जिल्लाको ४ वटै निर्वाचन क्षेत्रबाट सहमतिमा प्रतिनिधि छनोट गरिएको हो ।

जिल्लाबाट ३४ जना प्रतिनिधि छनोटका गरिएको एकीकृत समाजवादीले जनाएको छ । जसअन्तर्गत  जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट रामदिनेश यादव, रमेश कुशवाहा, मोहन पासवान (दलित) मानध्वज लामा र सरस्वती मैनाली (महिला) बाट छनोट भएका छन् । २ बाट विन्दा यादव, बिजेन्द्र चौधरी, राजेन्द्र प्रसाद कलवार, सुगन्धीदेवि सोनार (महिला), तेजनारायण राम (दलित) बाट छनोट भएका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं ३ मा भने सुरेश मोदक, बैजनाथ साह, ईमरान आलम (युवा), अरुण खनाल, राजकुमार राम (दलित), केशव माया अर्याल (महिला) र लक्ष्मी देवी ठाकुर (महिला) प्रतिनिधि छनोट भएका छन् । ४ बाट १६ जना प्रतिनिधि चयन भएका छन् । जसमध्ये मालती देवी कोइरी, सरिता सुब्बा, कमला कुमारी रिमाल, राजकुमारी राम (दलित), सुनिल पासवान, लालपरी राम, ह्रदय नारायण यादव, शिव नारायण साह, विरेन्द्र यादव, विरेन्द्र साह, राजेश गुप्ता, रामेश्वर पटेल, अनिल साह, संजय पटेल, गणेश रिजाल, विकास साह रहेका छन् ।

बाराबाट केन्द्रीय सदस्य र केन्द्रीय निर्वाचन आयोगका ९ जना सदस्य गरी कुल ४३ जना प्रतिनिधि छनोट हुने व्यवस्था छ । एकीकृत समाजवादी बारा जिल्ला इन्चार्ज दिनेश राईले सबै निर्वाचन क्षेत्रबाट सर्वसहमतिमा प्रतिनिधि छनोट गरिएको जानकारी दिए ।  रातोपाटी संवाददाता