दिपेश कुमार शाह
रौतहट – सीता जयन्ती पर्व मनाइँदै कटहरियामा पुर्व मेयर सियाराम कुशवाहा द्वारा सिता माताको जन्मोत्सव भव्यताका साथ मनाईएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित माता सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । यस बर्ष सिता माताको रथयात्रा सहित कटहरियाको त्यागी बाबा मठमा आयोजित जानकी जयन्ती बिशेष समारोहमा विभिन्न सांस्कृतिक टोलीद्वारा धार्मिक कला प्रस्तुति गरिएको थियो
सीता जयन्तीका अवसरमा नेपाललगायत देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गर्न भक्तजनको ठूलो भीड लागेको थियो ।
त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ।
भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ कथा जस्तो मेयर कुशवाले बताए
More Stories
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान
बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्दै आजपा