October 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

 ३१ वैशाख, २०८१

जनकपुरमा सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना  पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवै जनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूबाट लुटेकोमध्ये १४ लाख ५३ हजार रुपैयाँ बरामद गरेको उनले बताए ।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो ।

सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट ८० लाख रुपैयाँ रकम निकालेर लग्दै गरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फरार भएका थिए ।

घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  फरकधार