July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

लागूऔषधसहित दुई युवक पक्राउ

महोत्तरी, १४ चैत ।

औरहीबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-८ कुसुमका ३० वर्षीय सियाराम महतो र सोही वडाका २० वर्षीय सुबेश शर्मा रहेका छन्।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार उनीहरूलाई प्रहरीले औरही नगरपालिकास्थित विद्युत सवस्टेसनबाट नियन्त्रणमा लिएको हो। बर्दिबासतर्फ जाँदै गरेको लु५९प ६३३७ नम्बरको मोटरसाइकलमा लागूऔषध फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट एक्सिप्लोन नामक लागूऔषध ९ बोतल र नाइटेभेट ट्याव्लेट १२ पिस, स्पासमो लेखिएको लागूऔषध ट्याव्लेट १३ पिस, बराबद भएको इलाका प्रहरी कार्यालयका गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।