July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

हटाइए मधेसको नीति तथा योजना आयोगका सदस्य सोहन साह

फागुन १५, २०८०
मधेस प्रदेशको नीति तथा योजना आयोगका सदस्य सोहन साहलाई पदबाट हटाइएको छ।

गत फागुन १३ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार उनलाई पदबाट हटाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सोमबार पदमुक्त गरिएको पत्र मुख्यमन्त्री कार्यालयले साहलाई पठाएको थियो।

यद्यपि, उनलाई हटाउने कारण भने सरकारले खुलाएको छैन।

प्रदेश सरकारको गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गरेको थियो। करिब एक दशकदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका साह जनमत पार्टीबाट आयोगको सदस्यमा नियुक्तिका लागि सिफारिस भएका थिए।

जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएर सरकारविरूद्ध आक्रमक हुँदै गएपछि मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई पदबाट हटाएका हुन्।

उनलाई हटाइएपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले असन्तुष्टि जनाएका छन्।

‘मधेस त्यसै असाक्षर र अविकसित भएको होरु डा। सोहन प्रसाद साह जत्तिको विद्वान र ऊर्जाशील व्यक्तिलाई यसरी सोध्दै नसोधेर बर्खास्त गर्नु पछाडिको कारण मधेश प्रदेशमा उनले देखाइरहनुभएको काम होरु ६ वर्षमा कहिले प्रदेश सरकारले गर्न नसकेको काम, हाम्रो शिक्षा मन्त्रीको पालामा प्रदेश साक्षरता कार्यक्रमको डिजाइन गरेका, हुलाकी सडकमा रोजगारी सिर्जना सम्बन्धी छलफल चलाएर उनी निकै लोकप्रिय भइरहेका थिए। चित्त नदुखाउनूस् डा।साहेब। जंगलराजको अन्त्य आज न भोलि हुनेछ, र यिनीहरू जेल पछाडि तपाईं देख्नसक्नुहुनेछ। त्यो दिन धेरै टाढा छैन,’ राउतको सचिवालयले फेसबुकमा लेखेका छन्। सेतोपाटी संवाददाता