बारा १५ फागुन, २०८०
बाराको निजगढस्थित वर्कसपमा भएको विस्फोटबाट ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ।
निजगढ नगरपालिका–७ सहिद चोकमा रहेको रोहित वर्कसपमा सोमबार दिउँसो विस्फोटक पदार्थ पड्किदा वर्कसप सञ्चालक रेशम मगरको मृत्यु भएको थियो।
वर्कसपमा ग्राहकले ल्याएको शंकास्पद वस्तु खोल्ने क्रममा उक्त वस्तु विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका थिए। वीरगन्जमा उपचाररत घाइते मध्येका भारत घर भएका राकेश जैसवालको पनि उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीका सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्य दुईको अवस्था सामान्य रहेको न्यौपानेले बताए। उनका अनुसार वर्कसपमा विष्फोटक पदार्थ कहाँबाट आयो भन्ने अनुसन्धान भइरहेको छ। थाहा खबर
More Stories
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
मधानी महायज्ञमा शिव मण्डलीबीच नै किन प्रतिस्पर्धा ?
श्री जनता नमुना मा.वि. सोनरनिया,८ रौतहटमा प्रदेश शिक्षा मन्त्री माननीय श्री रानी कुमारी तिवारी आगमन