पुस ३ गते
रौतहटको मौलापुर नगरपालिकाको “फ्री विजुली र फ्री पानी” कार्यक्रम अन्तर्गत आज सम्पूर्ण नगरवासीको घरेलू तथा कृषि सिंचाई मिटरको सम्पूर्ण शुल्क महशुलको रक़म नगरपालिकाले बिधुत प्राधिकरणलाई बुझाएकोछ । यो आ.ब. को हालसम्मको महशुल २ करोड़ ६६ लाखको चेक मेयर रीनाजीले उपप्रमुख सहितको उपस्थितिमा बिधुत प्राधिकरणको मौलापुर शाखा प्रमुख दिनेश यादवलाई बुझाउनु भयो । मेयर रिना कुमारी साहज्यूको पहलमा झण्डै चार वर्ष देखि शुरू भएको यो कार्यक्रमले आम जनतामा ठुल्लो राहत एवं उत्साह प्रदान गरेको विषय सहर्ष एवं सगौरव भन्न चाहन्छु । यस लोकप्रिय एवं जनपक्षिय कामहरुको जति बखान गरेपनि सायद कम नै हुन्छ होला ! एक पछि अर्को सराहनीय कामहरू गरेर आम जनताको मनमुटुमा बस्न सफल मौलापुरको नेतृत्व एवं नगरपालिका परिवारप्रति हार्दिक आभार ।
More Stories
पर्साबाट केन्द्रीय सरकारमा रहेका तीन मन्त्रीसंग आजपाको प्रश्न, ‘बिरगंजको बिकासका लागि तपाईहरुले के गर्नुभयो ?’र
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न