July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको मौलपुर नगर पालिका द्वारा बिधुतीय हाजिरी सुरु

रौतहट २६ गते

रौतहटको मौलापुर नगरपालिकाको सरकारी कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गर्न थालिएको छ । कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले मधेश प्रदेशमैं पहिलोपटक मौलापुर नगरपालिकाका सरकारी कार्यालयहरुमा मेसिन जडान गर्न लागिएको हो ।मेसिन जडान कार्य मंगलबार मौलापुर नगरपालिकाको कार्यालयबाट सुरु भएको छ । कार्यालयमा जडान गरिएको नगर प्रमुख रिना कुमारी साहले हाजिर मेसिन गरेर उद्घाटन गरे ।
सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था हुँदा जिल्लामा कीर्ते हाजिरी गर्नेको अन्त्य हुने र अनुगमन कार्यमा पनि सहजता हुने भएको छ ।निक हाजिरी रजिस्टरमा हाजिर गर्दा कर्मचारी कुनबेला कार्यालयमा आए र गए त्यसको बारेमा सही जानकारी हुन नसक्ने कार्यालयमा पूरै समय समेत नबस्ने गरेको अवस्थामा विद्युतीय माध्यमबाट हाजिर गर्दा कुन बेला आए र कुन बेला गए भन्ने बारेमा समेत जानाकारी लिन सकिने नगर प्रमुख रिना साहले जानकारी दिए ।उक्त विद्युतीय हाजिरी मेसिन जडान कार्य नगरपालीकाको सबै सरकारी कार्यालय स्कूल, वडा कार्यालय, अस्पताल, लगायतका सरकारी कार्यलयमा विस्तार हुने निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताए। उक्त अवसरमा नगर प्रमुख साह संगै उप प्रमूख नागेन्द्र यादव लगायतका जन प्रतिनिधिहरुको उपस्थिती थिए।