कर्तिक २३ गते
आम जनता पार्टीले आज आरती साहको विषयमा राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापन पत्र बुझाएकोछ । आजपा उपाध्यक्ष एवं सभासद मा. तिलक थापाको नेतृत्वमा सयौको संख्यामा हरिहरभवन आयोगको कार्यालय पुगी पीड़ित परिवारको माग सुनवाईको लागि पहल गर्न दवाव दिएकाछन । विगत १४७ दिनदेखि अनवरत न्यायको लागि माईतीघर मण्डलामा संघर्षरत पीडित परिवारको मागप्रति ऐक्यबद्धता जनाउदै आजपाले निरन्तर सरकारको गम्भीर ध्यानाकर्षण गराउदै आएकोछ । पीडित परिवारको अटुट आत्मबल एवं संघर्ष तथा विभिन्न प्रारुपमा हामी लगायत आम न्यायप्रेमीहरुको सक्रिय साथ – सहयोगले यो आन्दोलनले सार्थकता प्राप्त गरेरै छाड्ने गहिरो अपेक्षा एवं विश्वास सहित सरकारलाई छिटै वार्ता-संवादद्वारा यसको ठोस समाधान दिन हार्दिक आग्रह गर्दछु ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह