राम प्रबेश बैठा राैतहट,१९ गते कार्तिक
राैतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत गुजरा नगरपालिकामा बालबालिकाहरकाे मुख्य सवाल बारे सराेकारवालाहरू सँग छलफल गरिएको छ । आईतवार गुजरा नगरपालिकाकाे सभा हलमा एक दिने छलफल कार्यक्रम गरिएको हाे ।गुजरा नगरपालिकामा बाल श्रम न्यूनीकरण परियोजना अन्तर्गत साे कार्यक्रम गरिएको हाे । ग्रामीण विकास केन्द्र नेपाल(आरडिसि) नेपालकाे आयाेजना र किल्डर नट हिल्फकाे आर्थिक सहयोग र गुजरा नगरपालिकाकाे समन्वयमा बालबालिकाहरकाे मुख्य सवाल बारे छलफल गरिएको आरडिसि नेपालका शेख अर्सदले जानकारी गराए ।
कार्यक्रममा अर्सदले परियोजनाले गरेकाे कामहरू बारे विस्तृत रूपमा जानकारी गराईएकाे थियो । उनले नगरस्तरीय बाल अधिकार समिति पुनः गठन ,वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको बताए ।
साथै युवा तथा सराेकारवालाहरूकाे सहभागी पनि गराईएकाे उनकाे भनाइ थियोे । धार्मिक अगुवा समिति सँग छलफल गरिएकाे बारे बताए ।किण्डर नट हिल्फ संस्थाले बाल संरक्षण सम्बन्धि काम गर्दै आएको छ । पञ्च वर्षिय आयाेजना अन्तर्गत बालबालिकाहरूकाे समस्या न्यूनीकरण गर्ने उदेश्यले याे परियाेजना सञ्चालनमा छ । गुजरा नगरपालिकाका बालबालिकाहरूकाे समस्याकाे बारेमा छलफल गरिएको हाे ।त्यसमा बाल विवाह,भागि विवाह,लागूऔषध दुर्व्यसन ,जंगल बाट दाउरा ल्याउन प्रयाेग गरियो,ईट्टा भठ्ठामा काम लगाइएको पाइयो,लागूपदार्थ सेवनमा लगायतकाे बारेमा चर्चा गरिएको थियोे । जाेखिममा परेकाे बालबालिकाहरू छन् भने आ-आफनाे नजिककाे वडा अध्यक्षलाई जानकारी गराउन आग्रह पनि गरिएको थियोे ।कार्यक्रममा बाेल्दै वडा अध्यक्ष रामजित चाैधरीले धुम्रपान,मधपान बिक्री गर्नु हुँदैन । रक्सी बेचन कडाइ गर्दा, कटाक्ष र पीडा भाेग्नु परेकाे तितो सत्य सुनाए । राजनीति दलका नेता एक्सनमा आएन भने याे निर्मुल गर्न सकिदैन । तसर्थ राजनीति दलका नेताहरू लाई बाेलाएर अन्तरक्रिया गर्ने । गलत राजनीतिक साेच भएका व्यक्तिले बिगारेका छन् । याे निर्मुल पार्न सबैकाे सहयोग चाहिन्छ ।
यस्तै उप प्रमुख लामाले एकजनाले चाहेर पनि हुन नसक्ने भन्दै,यसमा सबैकाे सहयोग चाहिने कुरामा जाेड दिनु भयाे ।
साे अवसरमा गुजार नगरपालिकाकि उप प्रमुख रत्ना लामा, वडा नम्बर १ का वडा अध्यक्ष रामजित चाैधरी, वडा नम्बर ६ का वडा अध्यक्ष अब्दुल सलाम,वडा नम्बर ७ का वडा अध्यक्ष शेख अब्दुलका,कार्यपालिका सदस्य ओमप्रकाश साह,गुजरा नपाका अधिकृत जित बहादुर चाैधरी, जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक,कर्मचारीहरू संचारकर्मीहरु लगायत स्थानीयहरू र सराेकारवालाहरूकाे उपस्थिति रहेको थियाे ।
More Stories
ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी गठन
श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने
शिवनगर अस्पतालला एक महिनामा २ सुत्केरी महिलाको मृत्यु, अवस्था तनावग्रस्त ।