काठमाडौँ ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । हाइड्रोपावरले आजदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओको बिक्री खुलाएको हो ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत सेयर बिक्री खुलाएको हो ।
जारी पुँजीको १५ प्रतिशतका दरले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयर बिक्री खुलाइएको छ । प्रतिकित्ता १०० रुपैयाँको यो सेयरमा १६ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ११६ रुपैयाँमा बिक्री खुलाइएको हो । छुट्टाइएको सेयरमध्ये वैदेशिक रोजगारीमा गएकाहरूलाई ८५ हजार ८१० कित्ता सेयर बिक्री भइसकेको छ ।
यस्तै, ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १७ हजार १६२ कित्ता सेयर कर्मचारीका लागि छुट्टाइएको थियो । बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै