July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

उधोगमन्त्रीकै मिलेमतोमा गरुडा चिनी मिल सार्ने षडयन्त्र भयोःयादव

आरके श्रीवास्तव,रौतहट,साउन २१ गते ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको मिलेमतोमा रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सार्ने षडयन्त्र भएको उँखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले आरोप लगाउनु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो आरोप लगाउनु भएको छ । उधोग मन्त्रीले आफनो जिल्लामा अर्को चिनी मिल स्थापना गराइ वाहवाही कमाउनका लागि चिनी मिल उठाउन लगाउने षडयन्त्रमा लागनु भएको वहाँको आरोप छ । भोट बैंक बनाउने मन्सायले यस्तो गर्न लागनु भएको बताउनु भयो । विशाल ग्रुपको स्वामित्वमा रहेको श्रीराम सुगर मिलले ऋण नतिरेपछि नेपाल बैंक लिमिटेडले उद्योग लिलामी प्रक्रिया अघि बढाएको थियो । शिवशक्ति ग्रुपले सो लिलामी साकार गरेको हो ।
मिल सञ्चालकले अनाधिकृत रुपले मिल कवाड भनि टेण्डर प्रक्रिया बढाएको लाइ खारेज गरी मिल पुनः सञ्चालन गर्न वहाँहरुको माग छ । संघका अध्यक्ष यादवका अनुुसार मन्त्री रिजाल विशाल ग्रुप सँग मिलेमतो गरि चिनी मिल गरुडा बाट हटाउने षडयन्त्रमा लाग्नु भएको आरोप छ । मिल सञ्चालकले बदनियत पूर्ण तरिकाले मिल हटाएर जमिन बिक्री गर्ने सोचमा रहेको उनको भनाइ छ । २०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द छ । उद्योग जिल्लाको गरुडा नगरपालिका–६ महम्मदपुरमा रहेको छ । उद्योगको नाममा ८० बिघा जग्गा रहेको छ । निर्णायक आन्दोलन गर्ने तयारी मिल पुनः सञ्चालन गराउने विषयमा सर्वदलय बैठक बाट कानुनी बाटोमा जाने निणर्य भएको अध्यक्ष यादवले बताए । यस बाट पनि सुनवाइ नभए कडा आन्दोलनका साथ अगाडी बढने चेतावनी दिए । उखु उत्पादक संघ रौतहटको नेतृत्वमा गठित श्रीराम सुगर मिल्स बचाउ संघर्ष समितिले लीलामी रद्द गर्नुपर्ने र मिल्स पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै निर्णायक आन्दोलन गर्ने भएको छ । मिल पुनः सञ्चालन गर्न गराउनको लागि साउन २२ गते ज्ञापनपत्र बुझाउने,साउन २७ गते आम भेला गर्ने भएको छ । त्यसपछि पनि सुनवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्थानीय द्वारा लखेटिए शिवशक्ति ग्रपका ब्यक्ती श्रीराम सुगर मिलको लिलामी सकार गरेका शिवशक्ति ग्रुप शुक्रवार मिल अनुगमन गर्न आउँदा उँखु उत्पादक संघका सहित स्थानीयहरुले शिवशक्ति ग्रुपका पदाधिकारीलाई लखेटेका छन् । साथै स्थानीयले शिवशक्ति ग्रुपलाई मिल परिसर भित्र प्रवेश समेत गर्न दिएका थिएन्न् । मिल उठाने प्रयास गरे आफूहरुले प्रति गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।