July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सिंगटी हाईड्रोको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

 

काठमाडौँ –

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद साधारण शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता पत्रमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको अधिकृत पूँजी रु। २ अर्ब ९० करोड रूपैयाँ, जारी पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशनपश्चात् कम्पनीको चुक्ता पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ हुनेछ ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्ला का.म.न. पा. वडा नं.५, काठमाडौँमा रहेको छ ।

कम्पनीले निर्माण गरेको सिगंटी खोला जलविद्युत आयोजना २५ मे.वा. क्षमताको आयोजना २०७८ श्रावण १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । कम्पनीबाट प्राप्त जानकारीअनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ ।

हकप्रद शेयर जारीबाट प्राप्त रकम अर्बिर इनर्जी प्रा।लि।बाट प्रवद्र्धित सभा खोला “बी” (२१.५ मे.वा.) र सभा खोला “सि” (६.३ मे.वा.)मा ५१ प्रतिशत र ह्याविट्याट पावर कम्पनी प्रा.लि.बाट प्रबद्र्धित हेवा ए साना जलविद्युत आयोजना(७.५ मे.वा.)मा ५१ प्रतिशत लगानी गर्नेछ ।