December 6, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

काठमाडौंका सरकारी स्कुलका विद्यार्थी बालश्रममा, छानबिन गर्दै महानगर

काठमाडौं

महानगरभित्र ठूलो संख्यामा बालश्रमिक प्रयोग भइरहेको भेटिएको छ । महानगरपालिका कर्मचारीका भनाइमा, सामुदायिक विद्यालयमा पढ्ने ठूलो संख्याका विद्यार्थी यस्तो श्रममा संलग्न छन् ।

२० असार, काठमाडौं । काठमाडौंमा बालश्रम प्रयोगको अवस्था उल्लेख्य रहेको फेला परेको छ । यहाँका घर, स–साना होटल, ग्यारेज र सार्वजनिक सवारी साधनमा बालश्रम प्रयोग भएको भेटिएको छ ।

महानगरभित्रका ८६ वटा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीमा घरेलु बालश्रमिकको संख्या उच्च रहेको महानगरको शिक्षा विभागका कर्मचारीहरू बताउँछन् ।