July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

केही समयभित्रै माओवादीहरूको एकता निश्चित : प्रधानमन्त्री

 

बुधबार २० असार, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै माओवादीहरूको एकता निश्चित रहेको बताएका छन् । उनले समाजवादी मोर्चा पनि पार्टी एकता गर्ने उद्देश्यबाट बनेको बताए ।

उनले भने, ‘केही समयभित्रै माओवादीहरूको एकता निश्चित छ । कसैले रोक्न सक्दैन । त्यो प्रक्रिया अघि बढी सकेको छ । हिजो विभाजित भएर जाने साथीहरू पनि अहिले एकताको कुरा गरिरहनुभएको छ ।

उहाँले समाजवादी मोर्चालाई देशभर लैजानका लागि बैठक बसेर केही दिनभित्र निर्णय लिने बताउनु भयो । उहाँले आफ्नो साथ छोडेर गएकाहरू पनि प्रचण्डबिना हुँदैन भनेर आउनु खुसीको कुरा भएको बताउनु भयो ।’

‘अहिले भर्खरै समाजवादी मोर्चा बनेको छ । पार्टी एकता गर्ने उद्देश्यले मोर्चा बन्यो । अस्ति राष्ट्रिय सभागृहमा समाजवादी मोर्चाको घोषणा भयो । हामी एक, दुई दिनभित्र बैठक बसेर देशभर एकताको अभियान लिएर जाँदै छौँ’, उनले भने, ‘पहिला प्रचण्डले बिगार्‍यो, प्रचण्ड बिग्रियो, भनेर साथीहरूलाई लाग्यो, धेरै नै सराप्नु पनि भयो, आज ती साथीहरू प्रचण्ड बिना हुँदैन भन्न थाल्नुभएको छ । यो सबैको लागि खुसीको कुरा हो ।’