काठमाडौँ /
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सोबोन) बाट अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी तीन अर्ब ७५ करोड पुग्नेछ । कम्पनीलाई ५ अर्ब पुर्याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ ।
तर प्राथमिक बजारबाटै कम्पनीले १४४ रुपैयाँका दरले प्रिमियम संकलन गर्दा कुल १ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्नेछ । यहि पैसाबाट कम्पनीले बोनश शेयर दिएर सहजै न्युनतम ५ अर्ब पुर्याउन सक्ने देखिन्छ ।
सिटिजन लाइफको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ जम्मा भइसकेको छ । नेपाल बीमा प्राधिकरणले चार बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति दिइसकेको छ ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे