July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

ज्ञानेन्द्र र रोहित सस्तैमा आउट

 

काठमाडौं (हाम्रो खेलकुद) –

नेपालका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेल आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध सस्तैमा आउट भएका छन् ।

जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै ५१ रन बनाएको छ । कुशल भुर्तेल ४८ बलमा ४ चौकासहित ३० र भीम सार्की १ रनमा क्रिजमा छन् ।

नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर अर्जुन साउदलाई एक रनमा गुमाएको थियो । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले अर्जुनलाई एक रनमा एलबीडब्लू आउट गरे । मार्चपछि पहिलो पटक टोलीमा मौका पाएका ज्ञानेन्द्र मल्ल १३ रनमा क्याच आउट भए ।

तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ज्ञानेन्द्र टप एज लागेर बासिल हामिदबाट समातिन पुगेका थिए । ज्ञानेन्द्रले २२ बलमा २ चौका प्रहार गरे । कप्तान रोहित पौडेल पुन सर्ट बलमा आउट भएका थिए । रोहित जवादुल्लाहको सर्ट बलमा एज लागेर विकेटकिपर अर्यांश शर्माबाट रोहित ४ रनमा समातिन पुगेका छन् ।

त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो । युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८।५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । नेपाल यस खेलमा विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड्सँग खेल्नेछ । यदि पराजित भएमा नेपालले नवौं स्थानको लागि अमेरिकासँग खेल्नेछ ।