विराटनगर | असार १४, २०८०
कोशी प्रदेशसभा बैठक सूचना टाँस गरेर साँझ ८ बजेसम्म स्थगित गरिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रस्ताव राखेर छलफल अगाडि बढिसकेको अवस्थामा बैठक ३० मिनेटका लागि स्थगित भएको थियो तर लामो समयसम्म बैठक शुरू हुन नसकेका बेला साँझ ८ बजेसम्म स्थगित भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रस्तावलाई अगाडि बढाउन समय मागेका थिए । आधा घण्टाका लागि स्थगित भएको कोशी प्रदेशसभा बैठक छाडेर हिँडेका उनले बैठक स्थगन गर्न माग गर्दै सभामुखलाई पत्र पठाएका थिए ।
विश्वासको मत माग्ने प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ तयार गर्न समय अपुग भएको भन्दै पत्र पठाइएको सभामुख बाबुराम गौतमले बताए ।संसद्मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै हिँडेका मुख्यमन्त्री नआएपछि बैठक शुरू हुन सकेको छैन । उनले यसअघि सभामुखलाई फोन गरेर थप १ घण्टाको समय मागेका थिए ।
मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू मुख्यमन्त्री कार्यालयमा छलफल गरिरहेका छन् ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे