July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मिक्वाखोलाका किसानलाई मिल वितरण

 

ताप्लेजुङ, असार १४ गते

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले किसानलाई तोरी पेल्ने मिल (आयल एक्स्पेलर) वितरण गरेको छ । मिक्वाखोला गाउँपालिकाका पाँचमध्ये तीनवटा वडाका किसानलाई सो मिल वितरण गरिएको हो ।

चालू आर्थिक वर्षका लागि विनियोजित १० लाख रुपियाँ बजेटबाट खरिदगरी मिल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । थापाका वडा –२ खोक्लिङ, वडा ३ लिबाङ र वडा ४ साँबाका किसानको लागि एक–एक थान मिल (उपकरण) वितरण गरिएको हो ।

पालिका अध्यक्ष भक्तबहादुर कार्की स्वयम् सम्बन्धित वडामा उपस्थित भएर मिल (उपकरण) वितरण गर्नुभएको पनि स्वकीय सचिव थापाले बताउनुभयो । उहाँका अनुसार बाँकी रहेको वडा १ खोक्लिङ र वडा ५ पापुङमा पनि आगामी आर्थिक वर्षमा मिल वितरण गरिने छ । मिल वितरण गर्न थालेको मिक्वाखोला गाउँपालिकाले तेलमा आत्मनिर्भर बनाउने लक्ष्यसहित तेलहन बालीलाई जोड दिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नै ल्याएको छ ।

तेलहन बालीका लागि स्थानीय किसानलाई तोरी, सूर्यमुखी र सस्र्युंको बीऊ वितरण गर्ने गाउँपालिकाले योजना बनाएको छ । आगामी आर्थिक वर्षका लागि पारित भएको नीति तथा कार्यक्रममा तेलहन बालीसहित कृषिजन्य खेती प्रणाली अपनाई सिङ्गो पालिकालाई नै कृषिमा आत्मनिर्भर बनाउने योजना गाउँपालिकाको छ ।