काठमाडौं :
चिनियाँ अर्बपति ज्याक मा नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। बंगलादेशबाट विमान चार्टर्ड गरेर उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।
‘ई-कमर्श’ व्यापार प्रवर्द्धन गर्न उनी नेपाल आएका हुन्। अलिबाबाका संस्थापकसमेत रहेका ज्याक माले नेपालमा अनलाइन व्यापारका विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ।
स्रोतका अनुसार ज्याक माले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाललाई भेटेर उनले नेपालमा ई-कमर्श व्यापारका विषयमा छलफल गर्ने चिनियाँ अधिकारीले बताएका छन्।
तीन दिने भ्रमणमा नेपाल आएका ज्याक मा बिहीबार पाकिस्तान जानेछन्। उनी काठमाडौंबाट चार्टर्ड विमानबाट सिधै लाहोर जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
ई-कमर्श व्यापारलाई दक्षिण एसियासँग जोड्ने अभियानमा ज्याक मा रहेको र त्यही सिलसिलामा उनी दक्षिण एसियाली मुलुकको भ्रमण गरिरहेको स्रोतले जनाएको छ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै