काठमाडौं
महानगरले फोहोरमैला व्यवस्थापन गर्न आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८७ करोड ९३ लाख रकम विनियोजन गरेको छ । कूल बजेट २५ अर्ब ५४ करोड ७८ लाखमध्ये फोहोरमैला व्यवस्थापनका लागि ८७ करोड ९३ लाख रकम महानगरले छुट्टाएको हो ।
महागरको मुख्य चुनौती भनेकै फोहोर व्यवस्थापन हो । धादिङ र नुवाकोटको सिमानामा पर्ने बञ्चरेडाँडामा काठमडौंको फोहोर विसर्जन गरिँदै आएको छ । तर स्थानीयको अवरोधका कारण फोहोर व्यवस्थापनमा चुनौती हुने गरेको छ । फोहोर व्यवस्थापन गर्न महानगरले उपयुक्त विधि र प्रणालीसहितको कार्यक्रम सञ्चालन गर्ने योजना ल्याएको छ । आज सार्वजनिक गरिएको बजेटमा उपप्रमख सुनिता डंगोलले भनिन्, ‘आगामी आर्थिक वर्षभित्रमा फोहरमैला व्यवस्थापनको उपयुक्त विधि र प्रणालीसहितको कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।’
सरसफाई कार्यमा प्रयोग हुने सवारी साधन एवं यन्त्र उपकरणको उपलब्धतामा कमी नहुने व्यवस्था गर्न त्यस्ता सवारी साधन र उपकरण खरिद गर्नका लागि २७ करोड रकम विनियोजन गरिएको उनले बताइन् ।
महानगर क्षेत्रभित्रका नदीहरूको नियमित सरसफाई गरी नदी किनार क्षेत्रसमेतको संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाको रुपमा संचालन गर्न ७ करोड रकम विनियोजन गरिएको महानगरले जनाएको छ । वायु प्रदूषण, ध्वनी प्रदूषणलगायतका पर्यावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एवं अनुसन्धानका लागि पनि बजेट विनियोजन गरिएको छ ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै