रुकुम पश्चिम –
कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटनामा परेकाे छ । खड्का चढेकाे कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरकाे जीप रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखामा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परेर सभापति खड्कासहित नौ जना घाइते भएका छन् ।
चौरजहारी नगरपालिका –९ मा रहेकाे आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, माननीय खड्काका स्वकीय सचिव हुकुम बीसी, चालक युवराज गिरीसहित गाडीमा रहेका नाै घाइते भएका हुन् ।
भोलि आइतवार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँसभामा सहभागी हुन त्यसतर्फ जाँदै गर्दा जीप दुर्घटना भएको हो । स्टेयरिङ अकस्मात घुमेपछि अनियन्त्रित भएर जीप पल्टिएको चालक गिरीले बताउनु भएकाे छ ।
इलाका प्रहरी कार्यालय चौरजहारीले घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेकाे जानकारी दिएकाे छ।
More Stories
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
सुरेन्द्र ढकाल प्रतिष्ठानले तीन सय कम्बल बाडे