काठमाडौँ ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको नेदरल्यान्ड्सविरुद्धको खेलमा शनिबार नेपालले नवौं विकेट गुमाएको छ । नवौं विकेटका रुपमा करण केसी पेभेलियन फर्किए । उनको विकेट बास डी लिड्सले लिए । करणको क्याच पनि बासले नै लिएका थिए । करण एक रनमात्र बनाउन सके ।
त्यसअघि नेपालले आठौं विकेट गुमाएको थियो । आठौं विकेटका रुपमा नेपालले गुल्सन झालाई गुमाएको हो । गुल्सनलाई १५ रनमा बास डी लिड्सले विकेटकिपर स्कट एडवार्डसद्वारा क्याच गराएका थिए । गुल्सनले ३१ बलको सामना गरी एक चौका हिर्काएका थिए ।
More Stories
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
सुरेन्द्र ढकाल प्रतिष्ठानले तीन सय कम्बल बाडे